७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनियाँ विमान आउँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनियाँ विमान आउँदै
अ+ अ-

काठमाडौं । पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा चिनियाँ विमानले अवतरण गर्ने भएको छ । सिचुआन एअरलाइन्सको विमान आज पोखरा आउन लागेको हो । सो विमान बिहान पौने १० बजे अवतरण गर्ने कार्यक्रम छ ।

आइतबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय ड्रयागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीहरुलगायत सरकारी तथा गैरसरकारी अधिकारीहरु, सञ्चारकर्मीलाई लिएर विमान आउन लागेको हो । आयोजक संस्थाका तर्फबाट पर्सि साँझ पोखरा इभेन्ट सेन्टरमा सहभागीहरुको सम्मानमा रात्रिभोज आयोजना गरिँदै छ ।

आइतबार बिहान ९ बजे लेक साइडमा अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक शुभारम्भ हुुने कार्यक्रम छ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मीटर सोझो डुंगा दौड हुनेछ ।

सोमबार बिहान साढे ९ बजेबाट २०० मीटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ । साढे १० बजे पाँच सय मिटरको सेमिफाइनल, सवा ११ बजे पाँच सय मिटरको फाइनल र पौने १२ बजे पुरस्कार तथा समापन समारोहको आयोजना गरिने आयोजकले जनाएको छ ।