२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन



अ+ अ-

बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।  

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहनुभएका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ, बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनुपरेको छ ।” 

नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भए पनि हालसम्म पनि बन्न नसकेको स्थानीयवासीको आरोप  छ । यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्‍याएकाले नेटवर्कमा समस्या आएको बताउनुभयो । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानका टावरमा सामान्य क्षति रहेको भए पनि खोचलेकमा रहेको टावरमा आगलागी भएर उपकरणमा पूर्ण क्षति भएको छ ।”

टावर मर्मतका लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको छ । उहाँले भन्नुभयो, “प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध हुन समस्या भएको छ, एक-दुई दिनभित्रै समस्या समाधन हुन्छ ।” रासस