८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या गर्ने पक्राउ

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या गर्ने पक्राउ
अ+ अ-

काठमाडौं । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । 

कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।  

उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ । 

उनी खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी  ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथा    संविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

नर्समा नाम निकालिदिन्छु भनी यौन दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको भन्दै यसअघि उनीविरुद्ध पटकपटक साइबर अपराध तथा ठगी मुद्धा चलेको पत्ता लागेको छ । नर्सिङ काउन्सिलको परीक्षामा उत्तीर्ण गराई दिन्छु भनी एक जनाबाट रु ७० हजार माग गरेको र पैसा प्राप्त नभएपछि नक्कली फेसबुक बनाएर चरित्रहत्या गरेको विषयमा परिसरमा विद्युतीय अपराध शीर्षकमा उजुरीसमेत परेको छ । 

उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिको नाम र फोटो प्रयोग गरी उक्त आइडीबाट जागिर लगाइदिन्छु, लोकसेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको मोलतोलसमेत गर्ने गरेको खुल्न आएको छ । 

उनले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिबाट रु छ लाखसमेत ठगी गरेको खुल्न आएकाले अनुसन्धान जारी रहेको जनाइएको छ । उनले ‘कालीकोटमा इन्जिनीयरका रुपमा जागिर खाई करोडाँै रुपैँया भ्रष्टाचार गरी कालोमोसो दलेर निकाला गरिएको छ, हेर्नुहोस’ भन्दै पीडितको फोटो इडिट गरी कालोमोसो लगाएको जस्तो बनाई झुटो समाचार बनाएको भन्दै प्रहरीमा पीडितको उजुरी परेको जनाइएको छ ।  

उनले विभिन्न व्यक्तिसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिका विषयमा गलत र भ्रमपूर्ण समाचार तयार गरी आफँैले वाचन गरी फोटो जोडेर भ्रामक समाचार प्रकाशन गर्ने गरेका थिए ।