१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याकेजिङ् खाद्यबस्तुको खोलमा भएको मिति हातैले मेटिन्छ



अ+ अ-

काठमाडौं । प्याकेटमा राखेर बजारमा विक्री हुने खाद्यबस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको भेटियो । मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा हेरिएका एक दर्जन बढी प्रकारका खाद्य बस्तुमा यस्तो समस्या देखिएको हो । 

कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरी चौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्र छ । केन्द्रमा निम्बसले मार्केटिङ् गरेको व्यञ्जन व्राण्ड सामान थिए । तीमध्ये पोलिस नगरिएको लेखिएका १ केजी तौलका ९ वटा कालो दालका प्याकेट र ९ प्याकेट नै पापड थियो । ती सबैमा लेखिएको मिति हातले सजिलै मेटियो । यी सामानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट वरामद गरियो । 

समस्या शिवज्योतीमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोर बेचेको  टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले १ बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो । 

त्यस क्षेत्रमा खुल्ला बोरामा हालेर खाद्य बस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ् गर्ने गरेका छन् तर खाद्य अनुज्ञा पत्र लिएका छैनन् । सामान कसले पठायो? उनीहरुले बिल किन दिएनन्?, सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छ? उनीहरु व्यापारीहरुले मुख खोल्न चाहेनन् । 

बनस्थलीबाट ५ किलो सुकेका खुर्सानी किन्न आएको भनेर काम बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए- अनुगमन आको र’छ, र पो आज सबै पसल बन्द रहेछन् । उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।