१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ ।

सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताउनुभएको हो ।

उहाँले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्युनतम कुराहरुको संशोधन हुने बताउनु भयो । उहाँले संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो । उहाँले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताउनु भयो । संसदलाई अझै समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं । किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ । न्युनतम कुराहरु संशोधन गर्छौं । संसद समावेशी छ, अभmै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौं तर सम्हालेर गर्छौं ।’

महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताउनु भयो । उहाँले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताउनु भयो । उहाँले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताउनु भयो । नेपाली काँग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा काँग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८४ को चुनाव छ । सबै राजनीतिक पार्टीहरुले ०८४ को चुनाव गरिरहेका छन् । ०८४ को कुरा गर्नु नै पर्छ । सोच्नु पनि पर्छ, पार्टी संगठनको हिसावले । तर २०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । मैले यो यो गरेँ भनेर अर्को चुनावमा भन्न जान्छ । सरकार भन्दा बाहिर बसेको पार्टीले म भएको भए तिमी भन्दा राम्रो गर्थें भन्छ वा म आउँदै गर्दा अब विकल्पमा यो गर्छु भन्छ । नेपालमा त पछिल्ला तीन चार वटा चुनावमा हे¥यौँ भने प्रत्येक निर्वाचनमा जाँदै गर्दा त्यो निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति कोही पनि छैन । किनभने हामी सबै गठबन्धनमा छाँै । मिसमास छ । सरकार यति धेरै परिवर्तन भएको छ, भत्किएको छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, काँग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यि सबै कुराको बीचमा हामी सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले ५ वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, ५ वर्षको जिम्मा लिने कोही भएन । तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा योयो ग¥यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । यो सरकारको धेरै फेरबदल, यत्ता उत्ता एड्भेन्चर गर्ने, यो धेरै चकचक गर्ने, यो च्याप्टर बन्द गर्नुपर्छ । काँग्रेस एमाले मिलेर जानेकुरा त्यति युजियल कुरा होइन, एउटा परिस्थितिले सिर्जना ग¥यो तर यसलाई हामीले अब अवसरको रुपमा लिनुपर्छ । २०८४ सालसम्म सरकार जम्मा एक पटक बदलिन्छ, त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारीअनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । हामी सरकार चलाउँछौँ । २०८४ को चुनावमा नेपाली काँग्रेस पार्टी देशभरी १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लड्छ, चुनावको परिणाम जेसुकै आउँछ ।’

महामन्त्री थापाले काँग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताउनु भयो । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गर्नुभयो ।