१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन । काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा  ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।