६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्ः जनकपुरका प्रशिक्षक पुबुदु



अ+ अ-

काठमाडौँ । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

उनले कहिले कहीँ रनमा मात्र ध्यान हुने भए उल्लेख गर्दै ललितको प्रदर्शन नै खेलको महत्वपूर्ण पक्ष रहेका बताए । ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ । आफू जनकपुरको प्रशिक्षक भएर मात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको उनी बताउँछन् । यद्यपि उनले दीपेन्द्र सिंह ऐरीले पनि राम्रो खेलेको बताए ।

उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए । उनले यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेको छ । यो नै सुखद पक्ष रहेको उनी बताउँछन् । स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा उनीहरूमा थप आत्मविश्वास बढ्ने उनको बुझाइ छ ।