२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुइन्स रेष्टुराँबाट चार पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

वीरेन्द्रनगर  । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । 

चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।