८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

खाली पीलीः के यसले बजारमा धमाका जमाउला ?

खाली पीलीः के यसले बजारमा धमाका जमाउला ?
अ+ अ-

कलाकारः इसान खट्टर, अनन्या पांडे, जयदीप अहलावत, स्वानंद किरकिरे, जाकिर हुसैन, सतीश कौशिक
निर्देशकः मकबुल खान
अवधिः १ घण्टा ५९ मिनेट

बलिउडमा कुनै जमान थियो हिन्दी फिल्महरु दुई तीन वटा कथा हेरफेर गरेर मसला हालेर नयाँ फिल्म बनाइन्थ्यो । यी फिल्ममा केही कमेडी (हस्यौली), केही फाइट र केही वकील देखिन्थे । वकीलले कडा सजायको माग गरेका दृश्य आमरुपमा हुन्थ्यो । यस्ता मसाले फिल्मले बक्स अफिसमा निकै कमाई गर्थे, र त्यसैलाई सफल मानिन्थे । निर्देशक मकबुल खानले निर्देशन गरेको नयाँ फिल्म “खाली पीली” मा यिनै मसला फर्मुला प्रयोग गरेका छन् ।

कथाः एक रात विजय चौहान उर्फ ब्लाकी (इसान खट्टर) को ट्याक्सीमा अचानक एक सुन्दरी किशोरी (पूजा) आउँछिन् जसका पछिपछि केही गुन्डाहरु आएका हुन्छन् । पूजा आफ्नो बिहेबाट एउटा ब्याग लिएर भागेकी हुन्छिन् जसमा धेरै नगद र गरगहना हुन्छन् । यसपछि ट्याक्सी ड्राइभरसँग पूजाको नयाँ कथा शुरु हुन्छ । यो जीवनयात्रामा दुबैको रोमांस, एक्सन समेतका अनेक बम्बैया मसला फिल्ममा देख्न सकिन्छ ।

समीक्षाः फिल्ममा ब्लाकीका रुपमा चिनिएका इसान खट्टरको भूमिका र स्वरुप सन् १९८० र ९० को दशकका रजनीकान्त र अमिताभ बच्चनकै जस्तो देखिन्छ । फिल्ममा पहिलो दृश्यदेखि नै अघिल्लो दृश्य र कथा के आउला भन्ने दर्शकले अनुमान लगाउन सक्छन् । फिल्ममा धेरै गोलीबारी भए पनि हिरो इसानलाई भने गोली लाग्दैन । फिल्ममा मकबुलले बलिउडका मसला संवादको भरपुर प्रयोग गरेका छन् । फिल्ममा इसान र अनन्याबीचको सम्बन्धका बारेमा दर्शकले जेजस्तो अपेक्षा गरेका हुन्छन् त्यो पाउँदैनन् । फिल्ममा एउटा चुम्बन (किस) को दृश्य पनि राखिएको छ जुन निकै अजीब लाग्दछ ।

फिल्मको कथा बीच बीचमा फ्लासब्याकमा जान्छ र यसले फिल्मको गतिमा ब्रेक लगाउँछ । फिल्मका गीतमा इसानले नृत्यको सीप देखाएका छन् र दर्शकलाइ शाहिद कपुरका पुराना दिनको याद दिलाउँछन् । अनन्या निकै ग्लामरस देखिन्छिन् ।

यद्यपी फिल्ममा इन्स्पेक्टर तावडे र भीमको रुपमा जाकिर हुसैन र सतीश कौशिकले निकै मनोरञ्जन दिने प्रयास गरेका छन् । युसुफ चिकना (जयदीप अहलावत) ले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् र उनको भूमिका निकै सुदृढ छ ।

फिल्ममा तीन वटा गीत छन् र यी गीतमा संगीत विशाल–शेखरले राम्रै गरेका छन् ।

किन हेर्नेः यदि तपाइँ बम्बैया मसला फिल्म हेर्न चाहनु हुन्छ भने यो फिल्म हेर्न रमाइलै हुनेछ ।
(स्रोतः टाइम्स अफ इन्डिया)