२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवा टिमद्वारा हङकङ यू–१९ विरुद्धको सिरिज क्लीन स्वीप



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेको हङकङ यू–१९ टिमलाई हराउँदै नेपालको यू–१९ टिमले तीन खेलको एक दिवसीय शृंखला क्लीन स्वीप गरेको छ ।

तेस्रो खेलमा नेपालले दिएको २६६ रनको लक्ष्य पछाएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाएपछि नेपाल १३० रनले विजयी बन्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९.१ ओभरमा अलआउट हुँदै २६५ रन जोड्यो ।

नेपालका लागि अभिशेख तिवारी, सन्तोष यादव, सूर्यान्शु कोइरालाले अर्धशतकीय पारी खेले । सूर्यान्शुले ६०, अभिशेखले ५६ तथा सन्तोषले ५३ रनको योगदान दिए । यस्तै, नरेन भट्टले ३६ रन जोडे ।

बलिङतर्फ हङकङका ड्यानियन म्याप, पर्थ श्रीवास्तव, शयन पुरी र प्रित मंगुकियाले दुई–दुई विकेट लिए ।

आजको खेलअघि नेपालले पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा २२६ रनले जित हासिल गरेको थियो ।