८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु
अ अ+ अ-

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान जारी गरेको विज्ञप्तिमा सङ्क्रमण पुष्टि भएपछि यही असोज १६ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ७६ वर्षीय पुरुषको गए राति करीब १२ः५० बजे मृत्यु भएको जनाइएको छ  । उनमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचाप, मधुमेह, दमलगायत समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी कोरोना सङ्क्रमित महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । ती महिलामा ज्वरो, सुख्खा खोकी, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । 

यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ८ की कोरोना सङ्क्रमित ७१ वर्षीया महिलाको मङ्गलबार साँझ ६ः३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । ती महिलालाई असोज १७ गते कोरोना पुष्टि भएको र होम आइसोलेशनमा बसेका अवस्थामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मङ्गलबार नै प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।