४ पुष २०८१, बिहीबार
,
Latest
स्क्यानर फुटाएको आरोपमा कालिगण्डकी गाउँपालिका अध्यक्ष थापा पक्राउ आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा रु २००० छुट धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छः अध्यक्ष कार्की संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी गठबन्धनका सांसदबीच झडप ‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा जोड’ मन्त्रिपरिषद बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सलाई हराउदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाईनल पुगेको छ ।

भर्खरै सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, शेर मल्लले १० बलमा अविजित १६ रन बनाउदा हर्ष ठाकेरले १७ र आकाश त्रिपाठीले १३ रन जोडे ।

कर्णालीको लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशन मक्सुदले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर जम्मा ११८ रन बनाएको थियो ।कर्णलीको लागि गुलशन झाले सर्वाधिक २५ रन बनाएका थिए । देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४, जिसन मक्सुदले १२ र क्याडविक वाल्टनले ११ रन जोडे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोसिनले दुई दुई विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले एक एक विकेट लिए ।

अब जनकपुरले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमको सामना गर्नेछ ।