२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू-१९ एसिया कपः वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले अंक बाँडे



अ+ अ-

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका छन् ।

टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभर १ विकेट लिएर १ रन खर्चिएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो ।

वर्षा नरोकिएपछि खेल स्थगित गरिएको हो । नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ ।

सुपर फोरमा नेपालसँगै श्रीलंका, भारत र बंगलादेश छन् । प्रत्येकले दुई–दुई खेल खेल्नेछन् । अंकतालीकाको शीर्षस्थानमा रहने दुई टीम फाइनलमा पुग्नेछन् ।