मुम्बईः लागुपदार्थ मुद्दामा जेलमा परेकी बलिउड नायिका रिया चक्रवर्ती बम्बे हाईकोर्टको आदेशमा बुधवार जमानतमा रिहा भएकी छिन् ।
उनी एक महिनादेखि भायखला जेलबाट मुक्त भएकी हुन् ।
सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी रियालाई एनसिबीले गत सेप्टेम्बर ८ मा लागूपदार्थसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने भन्दै गिरफ्तार गरेको थियो ।
यहि मुद्दामा नायिका दीपिका पादुकोण, सारा अलि खान, श्रध्दा कपुर र रकुलप्रितलाई पनि सोधपुछ गरिएको थियो ।











