काठमाडौं।स्थानीय तहको निर्वाचनसहितका विषयमा साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन मिति र माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल हुने जनाईएको छ ।
स्थानीय तहको निर्वाचन बारे केही दिन अघि निर्बाचन आयोगले पनि सबैदललाई बोलाएर छलफल गरेको थियो । कोरोना सक्रमण मुक्त भएपछि सोमबार माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको थियो । उहाँहरुको छलफल पछि संयन्त्रको बैठक बस्न लागेको हो ।











