४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाली गीत–संगीतको पहिचान दिलाउने संगीतकारको सम्झना

नेपाली गीत–संगीतको पहिचान दिलाउने संगीतकारको सम्झना
अ+ अ-

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे…

अहिले पनि यो गीत धेरैजसो नेपालीको कानमा गुन्जिने गरेको छ । यो त्यही गीत हो जुन, नातिकाजी श्रेष्ठको स्वर र संगीतमा वर्षौंदेखि गुन्जिरहेको छ र युगौंयुगसम्म गु्न्जिरहने छ ।

नेपाली संगीतका चर्चित व्यक्तित्व नातिकाजीको आज एक सयऔं जन्मजयन्ती । गायक तथा वरिष्ठ संगीतकार नातिकाजीले यो र यस्ता कयौं गीतमा गाएर युगौंसम्म सम्झना हुने योगदान दिएका छन् । राष्ट्रकवि माधव घिमिरेले रचेको यो गीतलाई हरेक नेपालीको मनमा राख्न सक्ने बनाउने आधुनिक नेपाली संगीतका तपस्वी हुन्– नातिकाजी ।

नातिकाजीको स्वरमा गुन्जेको यो गीत सुन्दा मन भावविह्वल हुन्छ । सिमानाभित्र मात्र देश कहाँ हुँदो रहेछ ? सिमानाबाहिर भावनामा झन् ठूलो र बलियो देश हुँदो रहेछ । भाषा, संस्कृति, साहित्य र सङ्गीतले त्यो भावनाको देशलाई जीवन्त बनाउने रहेछ ।

नातिकाजीको सङ्गीतमा थुप्रै नेपाली गायक गायिकाले आफ्नो स्वर दिएर चर्चित बन्ने सौभाग्य पाएका छन् । प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, रुवि जोशी, फत्तेमान, उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बरालसम्मका लागि सङ्गीत तयार गरेका छन् । कुनै पनि गीतको संगीत तयार गर्नु पहिले नातिकाजी शब्दलाई ध्यान दिएर दोर्‍याई तेर्‍याई पढ्थे अनि अलिअलि धुन फेर्नासाथ सुसेल्न थाल्थे । त्यसपछि एउटा चुरोट सल्काएर लामो श्वासले धुवाँ फाल्दै हार्मोनियममा उक्त धुनलाई गाउन थाल्थे । यसरी उनी गीतको सङ्गीत तयार पार्थे ।

नातिकाजीको सङ्गीत राजदरबारका लागि पनि निकै प्रिय थियो । त्यतिखेरका राजपरिवारका सदस्यहरु उनी भनेपछि झुम्मिन्थे । राजपरिवारका सदस्यहरुका शब्दमा समेत सङ्गीत भरेका नातिकाजीको सङ्गीतको ट्युनिङ चाँदनी शाहको शब्दमा गजबसँग मिलेको छ । उनले सङ्गीत गरेका चाँदनी शाहका सबै गीतहरु श्रोतामाझ लोकप्रिय बने ।

आधुनिक नेपाली संगीत शून्यको अवस्थामा रहेका बेला नेपालमा हिन्दी गीतसङ्गीत सुन्नुको विकल्प थिएन । तर नातिकाजीले आधुनिक नेपाली संगीतको बीउ रोपेका थिए । नेपाली मौलिक स्वादका कयौं गीत गाएर उनले नेपाली गीत संगीतको छुट्टै पहिचान दिलाउन सके ।

नातिकाजी रेडियो नेपालको पहिलो सङ्गीतकार हुन् । उनले कयौं धेरै सर्जकहरू जन्माए । सँगसँगै आफूले पनि धेरै सृजना गरेका थिए । उनी एक्लैले ३३७ आधुनिक नेपाली नेपाली गीत, ९१ ओटा देशभक्ति गीत, १० ओटा बाल गीत र १९० ओटा भजनको सङ्गीत दिएका छन् । नेपाली भाषा सङ्गीतलाई मात्र नातिकाजीले समृद्ध बनाएनन्, उनले नेपाल भाषाका गीतसङ्गीतलाई पनि समृद्ध बनाउने काम गरेका छन् ।

नातिकाजीले नेपाल भाषामा चार आधुनिक गीत र नौ लोक गीतलाई समेत सङ्गीतबद्ध गरेका छन् । उनले झन्डै दुई हजारको हाराहारीमा सङ्गीत सृजना गरेका छन् ।

नेपाली चलचित्रको सङ्गीतमा पनि भारतीय सङ्गीतकारमा निर्भर हुनुपर्ने अवस्था नातिकाजीले अन्त्य गरेका थिए । उनी र शिवशंकरले चलचित्र संस्थानले निर्माण गरेको पहिलो चलचित्र “मनको बाँध” का गीतहरूमा सङ्गीत दिए । यसरी नेपालीसँग पनि चलचित्रमा सङ्गीत दिन सक्ने दक्षता र क्षमता छ भन्ने देखाए । नातिकाजीले छ वटा चलचित्रका गीतमा संगीत दिएका थिए ।

नातिकाजीको नेपाली गीतसङ्गीतको क्षेत्रमा कति योगदानको छ भन्ने कुरा त उनका सृजनाहरू आफैँ बोलिरहेका छन् । उनका सृजनाले नै उनलाई चिनाइरहेका छन् र युग–युगसम्म चिनाइरहने छन् ।

नातिकाजीले आफ्नो पूरै जीवन सङ्गीतको तपस्यामा बिताए । सङ्गीत तपस्वीका सृजनाको संरक्षण गर्नु अबको पुस्ताको चुनौती हो ।