१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भेटवार्ता



अ+ अ-

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ ।

श्रीलङ्काका राष्ट्रपति श्रीलङ्काका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहनुभएको छ ।

गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कुटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका बिषयमा छलफल हुने बताइएको छ ।