७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यो.पं पाठक उमानाथ प्रतिष्ठानद्वारा सम्मानित



अ+ अ-

बागलुङ . ज्योतिषी पण्डित विष्णुप्रसाद पाठकलाई बागलुङ जिल्लामा अवस्थित उमानाथ प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जिल्लाको पैयुँपाटाका समाजसेवी स्वर्गीय उमानाथ पौडेलको स्मृतिमा स्थापित सो प्रतिष्ठानको गत शनिबार आयोजित कार्यक्रममा पण्डित पाठकलगायत विभिन्न स्थानीय समाजसेवी एवं प्रतिभाहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

जिल्लामा ज्योतिषीय विधाका साथै भजन किर्तनका माध्यमबाट कला र संस्कृतिको संरक्षण एवं सम्बर्धनमा विशिष्ट योगदान पुर्याएकोमा जिल्लाको अमलाचौरका स्थानीय ज्योतिषी पण्डित विष्णुप्रसाद पाठकलाई सो प्रतिष्ठानद्वारा स्थापित आत्मराम दुर्गादेवी संस्कृति सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

शनिबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा केशवराज चालिसे, विशेष अतिथि प्राध्यापक डा एकनारायण पौडेलले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

अमलाचौर निवासी ७६ बर्षीय पाठकले १४ बर्षको उमेरदेखि नै निरन्तर रुपमा भजन किर्तनका साथै ज्योतिषीय सेवा दिँदै आउनुभएको छ । उहाँको विसं २०६४ सालमा पहिलो पटक भजन चुड्का क्यासेट एल्बममा उत्पादन भई बजारमा आएको थियो । त्यसैगरी पाँच बर्षअघि शिवजीको चरण र तीन बर्षअघि मुक्तिनाथको शरण नामक दुई भजन युट्युबमार्फत् उत्पादन भएका छन् । यीमध्ये तरेली संगितद्वारा उत्पादन भएको शिवजीको चरण भजनलाई युट्युबमार्फत् करिब ४३ लाख मानिसले हेरिसकेका छन् ।

साथै सो प्रतिष्ठानले विगतका बर्षहरुजस्तै यसबर्ष पनि जिल्लाका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैगरी समाजमा उदाहरणीय कर्य गर्ने जिवकुमारी असल आमा र जिवकुमारी असल बुहारी, शान्ति शालिग्राम कृषि पर्यटन सम्मान, भूपति ज्येष्ठ नागरिक सम्मान आदि पनि सोही समारोहमा वितरण गरिएको थियो । सो प्रतिष्ठानका अध्यक्ष हेमराज पौडेलले यस बर्ष उक्त प्रतिष्ठानको कोषबाट रु ९० हजारको पुरस्कार र छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा शब्दचित्रमा शालिग्राम नामक संस्थाको तेस्रो प्रकाशनको पनि बिमोचन गरिएको थियो । सो प्रतिष्ठानका अध्यक्ष हेमराज पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागी संस्था चितवनका लुकबहादुर राना सहित डा रामबहादुर केसी, दण्डपाणी शर्मा पौडेल, कुमार पौडेल, कृष्णप्रसाद पौडेल, धनपति शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।