८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

करदाता सेवा कार्यालय बेसीसहरमा

करदाता सेवा कार्यालय  बेसीसहरमा
अ+ अ-

लमजुङ । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ ।  

लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो । करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशिल लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिनेगरी कार्यालय सञ्चालनमा आएको बताउनुभयो । कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरु गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उहाँले बताउनुभयो । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताउनुभयो ।

लमजुङ र मनाङ जिल्लाका करदाताहरु यस अघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिदै आएका थिए । कर दाता सेवा कार्यालयले लमजुङमे सेवा सूचारु गरेपछि करको दायरामा आउनेहरुको संख्या अझै बढ्ने लम्सालको भनाई छ ।