१८ असार २०८३, बिहीबार
,
Latest
सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भक्तपुर सभापति थापालाई पितृशोक



अ+ अ-

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको  हो ।

 कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहनुभएका डा थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गरे पनि स्वास्थ्यमा जटिल समस्या आएपछि आज बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । 

मध्यपुर अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको कांग्रेसका नेता एवं मध्यपुर अस्पताल व्यव्स्थापन समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । एक पुत्री र तीन पुत्र रहेका थापाका ज्येष्ठ पुत्र दुर्लभ काँग्रेस जिल्ला सभापति, माहिला पुत्र दर्दम व्यवसायी र कान्छा पुत्र प्रकाश नासा कलेजमा अध्यक्ष हुनुहन्छ ।