८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महामारीपछि चिनियाँ अर्थतन्त्रमा आएको उत्साह

महामारीपछि चिनियाँ अर्थतन्त्रमा आएको उत्साह
अ+ अ-

चीनमा अक्टोबर १ तारिख सुरु भएको सुनौलो बिदा अवधि अक्टोबर ८ आरिख बिहीबार सकिएको छ। अक्टोबर १ तारिख चिनियाँ राष्ट्रिय दिवस हो। यस अवधिमा चीनले तीन दिनको सार्वजनिक बिदा दिने गर्दछ। यसपटक भने अक्टोबर १ तारिखकै दिन मध्य शरद चाडको एक दिने बिदा खप्टिएकाले तीन दिनको बिदा बढेर ४ दिन भएको थियो।

चीनमा मे १ तारिख मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस, अक्टोबर १ तारिख मनाइने राष्ट्रिय दिवस र जनवरीको अन्तित अथवा फेब्रुअरीतिर पर्ने परम्परागत चिनियाँ नयाँ वर्षमा बहुदिनको बिदा दिइने गरिन्छ। सामान्यतः तीन दिनको बिदालाई अगाडिको आइतबार र पछाडिको शनिबार कार्यालय संचालन गरेर पाँच दिन लम्बाइने गरिन्छ।

यस पटकको राष्ट्रिय दिवस ३ दिन र मध्यशरद चाडको १ दिन गरी चार दिनको बिदामा सेप्टेम्बर २७ तारिख आइतबार अफिस संचालन गरिएको थियो भने बिदापछिको अक्टोबर १० तारिख शनिबार पनि अफिस संचालन हुनेछ। चीनमा शनिबार र आइतबार सार्वजनिक बिदा भएपनि अगिको आइतबार र पछिको शनिबार अफिस लगाएपछि अक्टोबर १ तारिखदेखि लगातार ८ तारिखसम्म सार्वजनिक बिदा दिइएको थियो। यो बिदालाई चीनमा सुनौलो सप्ताह अर्थात ‘गोल्डेन विक’ भनिन्छ।

यो सुनौलो सप्ताहमा चीनमा आन्तरिक पर्यटकको बुमिङले विश्व बजारलाई जोश र उत्साह थपेको छ। १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा यस अवधिमा ६३ करोड ७० लाख आन्तरिक पर्यटकले यात्रा गरेका छन्। यो समग्र जनसंख्याको ४५ प्रतिशतभन्दा बढी हो। ती पर्यटकले ४ खर्ब ६६ अर्ब ६० करोड चिनियाँ युआन खर्च गरेका छन्। यद्यपि यात्रा गर्नेको संख्या गत वर्षको भन्दा २१ प्रतिशतले कम हो भने खर्च गतवर्षको भन्दा ३० प्रतिशतले कम हो। कोरोना महामारीबाट अन्य राष्ट्रहरु ठप्प प्राय भएको बेला चिनियाँ चहलपहलले सबैलाई उत्साह थपेको हो। यस अवधिमा चीनको खुद्रा बिक्री र रेस्टुरेन्ट उद्योगले १६ खर्ब चिनियाँ युआनको व्यापार गरेका छन्। औसत प्रतिदिनको व्यापारिक मात्रा गत वर्षको सोही अवधिको तुलनामान ४.९ प्रतिशतले बढेको चिनियाँ संचार माध्यमले जनाएका छन्।

समग्र पर्यटक र पूर्ण खर्च गत वर्षकोभन्दा कमी भए पनि यस हिसाबले यो उल्लेखनीय छ किनभने महामारी रोकथाम र नियन्त्रण सामान्य भएपछिको यो पहिलो सुनौलो हप्ता थियो। चीनका घरेलु यातायात, होटल तथा भोजनालय, पर्यटकीय स्थल, मनोरन्जन उद्योगहरू पूर्ण रुपमा संचालन हुन थालेको यसले संकेत गरेको छ।

हालै विश्व बैंकले जारी गरेको प्रतिवेदन अनुसार, चालु वर्ष चीनको आर्थिक बृद्धि दर २ प्रतिशत मात्र हुनेछ। यो पूर्वानुमानभन्दा १ प्रतिशत बढी हो। यसभन्दा अगाडि १ प्रशित हुने विश्व बैंकले बताएको थियो। संयुक्त राष्ट्र संघीय व्यापार र विकास सम्मेलनले पनि हालसालै एक प्रतिवेदन जारी गर्दै यस वर्ष विश्वव्यापी अर्थतन्त्रमा ४.३ प्रतिशतले संकुचन आउने जनाएको छ। यस हिसाबले समग्र राष्ट्रको तुलनामा चिनियाँ अर्थतन्त्र अझै सकारात्मक बृद्धिमै हुनेछ।

सुनौलो सप्ताहको मुख्य विषय नै चीनको आन्तरिक पर्यटन हो। संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार विश्वको अन्तर्राष्ट्रिय पर्यटन उद्योगमा चीन एक्लैले पाँच भागको एक भाग ओगटेको छ। तर चालु वर्ष कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय भ्रमण लगभग असंभव भए पनि चीनमा आन्तरिक पर्यटकको भीड भने पूर्ववत रुपमै देखिएको छ। अनलाइनबाट टिकट बेच्ने जाइन्ट कम्पनी सी ट्रिप्सका अनुसार गत वर्षकै हाराहारीमा यो वर्ष पनि टिकट बिक्री भएको छ।

चीनको यातायात मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर १ देखि ८ तारिखसम्म राष्ट्रिय रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाइ मार्गबाट प्रत्येक दिन ६ करोड २१ लाख १५ हजार यात्रीले यात्रा गरेका छन्। यसपटक महामारीका कारण धेरै यात्रीले सडक मार्ग प्रयोग गरेको देखिन्छ। आफ्नो गाडीबाट यात्रा गर्ने भएकाले यस अवधिमा ३७ करोड ९० लाख यात्रीहरूले सडक मार्ग प्रयोग गरेका छन्।

चालु वर्ष चीनका कतिपय प्रान्त र मुख्य सहरहरुले पर्यटनको कुनै प्रवर्द्धन गरेका थिएनन्। शाङहाई जस्ता मुख्य सहरले त आफ्ना विद्यार्थी र अभिभावकलाई कतै यात्रा नगर्न सुझाव दिएको थियो।

विश्व ट्राभल तथा टुरिजन काउन्सिलका अनुसार सन् २०१९ मा एसिया प्रशान्त क्षेत्रको पर्यटन उद्योगमा मात्र २९ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो। यो परिमाण समस्त सो क्षेत्रको समस्त उद्योगको १० प्रतिशत थियो। जसमा ६ भागको एक भाग अन्तर्राष्ट्रिय पर्यटकहरुले खर्च गरेका थिए। तर चालु वर्ष कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटन उद्योगको ७२ परतिशतभन्दा बढी हिस्सा ठप्प भएको छ। एसियाली पर्यटकहरुले सन् २०१८ मा ५ खर्ब २४ अर्ब अमेरिकी डलर खर्च गरेका थिए। यो विश्व पर्यटन उद्योगको ३६ प्रतिशत थियो।

चिनियाँ पर्यटन उद्योग मात्र होइन मनोरन्जन क्षेत्र पनि उठ्न थालेको छ। सुनौलो सप्ताहमा चिनियाँ चलचित्र बक्स अफिसको आय ३ अर्ब ९५ करोड २० लाख चिनियाँ युआन पुगेको छ। यस अवधिमा चलचित्र हेर्ने चिनियाँको सङ्ख्या पनि १० करोड पुगेको छ। न्यूयोर्क टाइम्सले टिप्पणी प्रकाशन गर्दै लेखेको छ – हालसम्म महामारीबाट चीन पुनःरूत्थान भएको सबभन्दा स्पष्ट संकेत नै चीनको राष्ट्रिय दिवस विदाका तथ्याङ्कहरू हुन्।

चीनले प्राप्त गरेका यी सुखद तथ्याङ्कले छिमेकी मुलुक नेपाल लगायतका एसियाली मुलुकलाई पनि केही राहत दिने कुरा विश्लेषण गर्न थालिएको छ। अमेरिकी राष्ट्रिय ब्रोडकास्टिङ कम्पनी (सीएनबीसी)ले अक्टोबर ५ तारिख जनाए अनुसार विश्वको सबैभन्दा ठूलो स्वतन्त्र सम्पत्ति प्रबन्ध समूहमध्ये एक इन्भेस्कोले महामारीबाट चीनको आर्थिक सुधारले छिमेकी एसियाली देशहरूको अर्थतन्त्रलाई पनि बृद्धि गर्न सहयोग पुर्‍याउने जनाएको छ।

इन्भेस्कोको एसिया प्रशान्त बजार रणनीतिकार डेभिड चाओले सीएनबीसीसँगको कुराकानीमा चीनको आर्थिक पुनः उत्थान बलियो रहेको र छिमेकी एसियाली देशहरूको अर्थतन्त्रले पनि लाभ प्राप्त गर्ने बताएका छन्।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट