१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको वार्तामा नमिलेको एउटा शब्द !



अ+ अ-

काठमाडौ । २६ दिन देखी चिकित्सा शिक्षा र स्वास्थ्थ क्षेत्र सुधारको माग राख्दै अनसनका बस्नुभएका डा.गोबिन्द केसी पक्ष वार्ता टोली र सरकारी वार्ता टोली एउटा शब्दमा सहमति हुन नसक्दा गएको २४ घन्टादेखि अर्थात् बिहिबार साँझदेखी औपचारीक वार्ता नै हुन सकेको छैन । 

मूल बिषयमा सहमति भएपनि आई एम ओको डिन बनाउदा बरिष्ठलाई आधार मान्ने कि मुलतः बरिष्ठलाई आधार मान्ने बिषयमा कुरा टुंगो नहुदा २४ घण्टा यता औपचारीक वार्ता हुन नसकेको हो । केही समय अघि सम्म आई एम ओ मा बरिष्ठतालाई मिचेर प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्या सिंह शाहलाई नियुक्ति गरिएको थियो ।

डा.शाहले डा केसीको पनि उपचार गर्दै आइरहनु भएको छ । सुरुमा दिब्याको नियुक्ति केसी पक्षले अस्वीकार गर्ने अडान राखेपनि डा केसी आफैले दिब्याको बिषयलाई प्राथामिकता नदिन र उहाँलाई स्वीकार गर्ने जनाउ दिनुभएको छ । 

यस बाहेक अन्य मूल बिषयमा दुबै पक्षबिच सहमति भैसकेको छ । यस बिषयमा मुलतः बिषयमा प्रधानमन्त्री र  शिक्षामन्त्रीको राय लिन गएको सरकारी टोली बार्तास्थलमा आईपुगेको छैन । सरकारका तर्फबाट शिक्षा सचिब गोपीनाथ मैनालीको टोली र डा.केसीको तर्फबाट डा. जीबन क्षेत्रीको टोली वार्तामा रहेका छन् ।