६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

केयूको ३०औँ दीक्षान्त: रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

केयूको ३०औँ दीक्षान्त: रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह
अ+ अ-

काभ्रेपलाञ्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रोजगारी र आत्मनिर्भरतामा आधारित शिक्षातर्फ अघि बढ्ने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको हो ।

“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रुपमा अघि बढिरहेका छन्” केयूका कुलपतिसमेत रहनुभएका ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, ब्यबहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

काठमाडौं विश्वविद्यालयद्वारा यही २९ गते एक हजार २५६ जना विद्यार्थी दीक्षित हुँदै

प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो सीप र उत्तरदायित्वले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।” विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उहाँले ब्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धर्तिको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दु:खेसो पोख्दै अन्य भूभागसमेत मरभूमि बन्ने खतरा बढेकोमा चिन्ता ब्यक्त गर्नुभयो । “अरुका गल्तीले धर्तीका भूभाग मरभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौं, कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरुपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो । उहाँले पुर्खाले बर पिपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालन्स’ मिलाएको उल्ल्ेख गर्दै पारिस्थितिकि चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफुले जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले ब्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।”

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज विश्वविद्यालयका विभिन्न सङ्कायका एक् हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।