८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

धनगढी बसपार्क सुनसान, दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने

धनगढी बसपार्क सुनसान, दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने
अ+ अ-

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आउन अब दुई साता बाँकी छ । एक सातापछि घटस्थापाना शुरु हुन्छ । विगतमा दशैं नजिकिएसँगै घरजानेहरुको चहलपहल बढी हुन्थ्यो । बसपार्कमा टिकट बुकिङ गर्न लामो लाइन बस्नुपथ्र्यो । तर यस वर्ष कोभिड १९ संक्रमणका कारण देशभरका बसपार्क सुनसान छन् । यात्रु नभएपछि धनगढी बसपार्क पनिसुनसान छ । 

कोभिड १९ संक्रमण जोखिमको कारण यस वर्ष दशैंका लागि आफ्नो घर जाने यात्रुहरु निकै कम छन् । विगतमा दशैं शुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो । तर यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण बसपार्क क्षेत्र सुनसान छ । यात्रा गर्नेहरु दशैंका लागि भन्दापनि काम विशेषले मात्रै यात्रा गर्नुपरेको बताउँछन् ।

धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ । अघिल्लो वर्षहरुमा दशैं शुरु हुनु भन्दा करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुला भइसक्थ्यो । तर यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देविलाल जोशी बताउनुहुन्छ ।

काम विशेष बाहेक यात्रा गर्ने यात्रु नहुँदा अहिले सञ्चालनमा आएका सवारीसाधनले पनि प्रयाप्त यात्रु पाउन सकेका छैनन् । दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिन्छन् । त्यसैले यातायात क्षेत्र खुलेपनि अधिकांश सवारीसाधन बसपार्कमै थन्किएको देखिन्छ ।