कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका- ३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएपनि २३ गते मात्रै अस्पताल भर्ना भएका थिए । उनको
गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।










