२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह



अ+ अ-

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदुषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

नागरिकलाई बाहिर निस्किँदा मास्क लगाउन सल्लाह दिएको छ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले ढाकामा एक विज्ञप्ति जारी गर्दै ढाका र आसपासका क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदुषणले हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान लिन्छ ।

जसको मुख्य कारण स्ट्रोक, मुटु रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, फोक्सोको क्यान्सर र तिब्र श्वासप्रश्वास संक्रमणबाट हुने मृत्युदरमा वृद्धि भएको छ ।