१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगलाई छिटो पूर्णता दिन सरोकारवालाको जोड



अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला आयोगलाई छिटो पूर्णता दिन विभिन्न सरोकारवाला निकायले जोड दिएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसकोसमेत अवसर पारेर महिला ककस र नेपाल कानून समाजले आयोजना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले संविधानमा उल्लेखित संवैधानिक आयोगको रुपमा रहेको महिला आयोग अहिले सम्म पूर्ण हुन नसक्नु विडम्बनापूर्ण अवस्था रहेको बताएका हुन् । अहिलेपनि देशका विभिन्न भागमा महिला तथा बालबालिकाहरु बलत्कार तथा हत्याहिंसाको सिकार हुनुपरिरहेको अवस्थामा महिला आयोग नहुंदा त्यस विरुद्ध राज्य खरो रुपमा प्रस्तुतु हुन नसकेको उनिहरुको तर्क थियो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्य र बरिष्ठ महिला नेतृ नेकपाको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको विषेश आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै १ सय महिला अधिकारकर्मिहरुको सहभागिता थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा संविधानसभाका सदस्य खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । महिला आयोगलाई पूर्णता दिन विषय विगतमा कानूनको माताहत हुने र महिला तथा बालबालिका मन्त्रालयको कार्यक्षेत्र पर्ने गरेको भएपनि अहिले त्यसलाई संवैधानिक आयोगको रुपमा संविधानमा व्यवस्था गरिएकाले यसको जिम्म संवैधानिक परिषदको हुने बताए । राज्यका महत्वपूर्ण र निर्णायक व्यक्तिहरुको सहभागिता हुने संवैधानिक आयोगले महिला आयोगलाई पूर्णता दिन विषयमा विषेश ध्यान पुर्याउनु पर्ने बताए ।
कार्यक्रमको विषयवस्तु माथि महिला ककसकी कार्यकारी सदस्य तथा पूर्वमन्त्री कुन्ती शाहीले प्रकास पारेकी थिईन । उनले संविधान बनेको यतिका समय वितिसक्दा पनि महिला आयोगले पूर्णता नपाउनुमा राज्य संवेदनशिल हुन नसकेको तर्क गरेकी थिईन ।

देशभर जारी महिला माथिको हत्या हिंसा र महिला आयोगलाई पूर्णता दिन भईरहेको ढिलाईकै विषयमा केन्द्रीत भएको कार्यक्रममा मन्त्री गुरुङले आफूले यो विषयको संवेदनशिलता बुझेको र प्रधानमन्त्री समक्ष आयोगलाई पूणता दिलाउने विषयमा छिटै छलफल गर्ने प्रतिवद्धता जनाएका थिए । उनले महिला आयोगलाई दशैं तथा तिहार पर्वको बीचमा पूर्णता दिलाउन पहल गर्ने बताए ।

भर्चुअल माध्यमबाट भएको अन्तरक्रिया कार्यक्रममा विषेश अतिथि नेकपाकी बरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले विगतमा संविधानसभा र संसदमा जुन महत्वका साथ महिलाका विषयहरु उठ्ने गरेका थिए अहिले त्यसरी उठ्न नसक्नु दुखद भएको अनुभव सुनाईन् । सोही कारणले पनि देशभर महिलामाथिको हिंसा बढेको हुनसक्ने तर्क गर्दै उनले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सामाजिक अभियन्ताहरुले महिला हिंसा रोक्न कानूनको कार्यान्वयन र सामाजिक चेतना जागरण गराउन अभियान चलाउनु पर्ने बताईन ।

महिला ककसकी संयोजक दामा शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशको मन्त्री विमला सुवेदी, काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, बरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलसहित सातै प्रदेशका महिला सांसदहरुको सहभागिता थियो ।
कार्यक्रमलाई नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले सहजिकरण गरेका थिए ।