८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

ललितपुरमा कोरोना सङ्क्रमित चार हजारभन्दा बढी

ललितपुरमा कोरोना सङ्क्रमित  चार हजारभन्दा बढी
अ+ अ-

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट  निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको  छ । 

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्र्यालयका प्रमुख डा। खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभययो, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।” 

महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा गेलालको भनाइ थियो  । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाँै”, उहाँले थप्नुभयो,, “कोभिड सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।” 

लपु महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामा  निको भर्ई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय सङ्क्रमित एक हजार २३१ पुगेकामा  होम आइसोलेसनमा एक हजार १५० र बिभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शनिवार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन्  । 

वडाका विभिन्न काममा लागिपर्दा  महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएर उहाँहरु होम आइसोलेसनमा बसिरहनुभएको छ । महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ । 

गत बुधाबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त हुनुभएको थियो । उहाँले हाल घरबाटै महानगरपालिकाको काम गरिरहनुभएको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराउनुभयो । 

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ५४३ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्तभर्ई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय सङ्क्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो  । उहाँले भन्नुभयो, “ कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन सङ्क्रमितको मृत्यु भर्ईसकेको छ ।”  
गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको थियो । 

उक्त नगरपालिकाले कोभिड सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभर्यो । “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन सङ्क्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले  स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।” 

गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ३०४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ, ।यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेकोे छ । 

उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना सङ्क्रमण मुक्त हुनुभएको थियो । कोञ्ज्योसोम  गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताउनुभयो । 

वाग्मती गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।  

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको  अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भन्नुभयो, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि  तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छौं ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन ।