८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

बाबुरामको खुलासामा अरुको मौनता किन ?

बाबुरामको खुलासामा अरुको मौनता किन ?
file
अ+ अ-

काठमाडौँ । विभिन्न टिप्पणी र तर्कका कारण समय समयमा सामाजिक सञ्जाल तथा मिडियामा चर्चामा आइरहने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ दुई दिन अघिको टिप्पणी अकस्मात चर्चामा आयो । नआओस पनि कसरी ? उनले सानो तिनो विषय नभएर बडो गम्भीर खुलासाका साथ उपस्थित भएका थिए । उनले स्पष्टै यो भने कि नेपालका वर्तमान प्रधानमन्त्री केपी ओली र अरु दुई पूर्व प्रधानमन्त्रीहरुले मिलेर ९ अर्ब भ्रष्टाचार गरेको संगीन आरोप लगाएका थिए । यसलाई आरोप नै भन्न नमिल्नेगरी यसको खुलासा गरे । उनले आत्मविश्वासका साथ आफूसँग यसको प्रमाण समेत भएको टिप्पणी गरे । त्यसैले यसलाई मिडियाले आरोप नै भन्न नमिल्ने अवस्था उनको तर्कले ल्याइदिएको छ । 
 
शुक्रबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले यो कुराको खुलासा गरेका थिए । उनले बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री ओली र अरु दुई जना पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपालले त्यस आयोजनामा भ्रष्टाचार गरेर रकम कुम्ल्याएको बताए । यो उनको सडकमा बिकाउ भाषणका लागि दिएको अभिव्यक्तिजस्तो पनि देखिँदैनथ्यो किनभने सुन्नेमा एकाध कार्यकर्तामात्र कार्यक्रमस्थलमा थिए । उनले यो मात्र भनेनन् र यदि कसैले अनुसन्धान गर्छ भने त्यसको प्रमाण नै आफूसँग रहेको दलिल नै पेस गरे । यसबाट के देखिन्थ्यो भने उनले रकम र भ्रष्टाचार गरेको घटना र विषयलाई नै उजागर गरिदिएका थिए । 

यसले देशका नीति निर्माता, भ्रष्टाचारको नियन्त्रणमा कामगर्ने निकाय तथा पदाधिकारीको ध्यान यथेष्ट मात्रामा पुग्नुपर्ने हो । किनभने यो टिप्पणी सडकमा दिन काट्नका लागि भाषण गरी हिँड्ने कुनै सर्वसाधारण व्यक्तिले गरेको होइन, मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले भनिरहेका छन् । उनले कुरा नबुझेर यस्तो दोषारोपण गरेका हुन् भन्न पटक्कै मिल्दैन किनभने उनले सोही भाषणमा आफूलाई र आफ्नी पत्नी तथा पूर्व मन्त्री हिसिला यमिलाई उच्च कोटिको अध्ययन गरेको र अरु नेताहरुले भने आठ या दश कक्षा मात्र पास गरेका त्यो पनि चिट चोरेर भनेका छन् । त्यस्ता व्यक्तिहरुले आफूहरुलाई भ्रष्टाचार गरेको भन्न नसुहाउने उनको तर्क थियो । 

यहाँको अर्काे बडो रमाइलो पक्ष के छ भने यस विषयमा आरोपित तीन जना व्यक्तिको कुनै प्रतिक्रिया आएको छैन । उनीहरुले यस विषयमा कुनै प्रतिक्रिया नजनाउँदा के मौनं सम्मति लक्षणं भन्न मिल्ने हो र ? या यो कुनै प्रतिक्रिया दिन लायक विषय पो उहाँहरुले ठानेको हो कि ? अनि आपूmले प्रमाण दिने भनेर पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले भनिरहँदा भ्रष्टाचारको प्रमाण खोजिहिँड्ने अख्तियार र यस्तै नेपाल सरकारका अरु निकायहरुले उहाँलाई बोलाएर एउटा बयान गराउन सकिन्छ कि सकिँदैन ? आखिर त्यो पनि छैन । यदि सही हो भने उहाँलाई प्रमाणको रुपमा लिएर प्रक्रिया अघि बढाउनुपर्यो र यदि होइन भने उहाँकै बारेमा अनुसन्धान गर्नुपर्यो । बाबुराम बाहेक सबै मौन किन ? यसको जवाफ कसले दिने ? जुन कोणबाट गरे पनि यस विषयका प्रश्न गम्भीर छन् ।