२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा



अ+ अ-

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् ।

श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिनुभयो ।

वामपन्थी दिसानायके भ्रष्टाचार विरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आउनुभएको हो । गत महिना भएको संसदीय चुनावमा उहाँको पार्टीले ठूलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए ।

नयाँ दिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावको बारेमा चिन्तित छ, जसलाई उसले भूराजनीतिक प्रभावको क्षेत्रको रूपमा हेर्छ ।

दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको सरकारले यसअघि घोषणा गरेको थियो ।