२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते



अ+ अ-

एजेन्सी । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।

प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भन्नुभयो,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”

घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।

करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा पद्मश्री अहिरेले बताउनुभयो । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उहाँले बताउनुभयो । ।

“कुर्ला स्टेसनबाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।”

घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिनुभयो ।