१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात गोलको थ्रिलिङ म्याचमा चेल्सीले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई ४–३ गोलले पराजित गरेको हो ।

खेलको पाँचौं मिनेटमा नै घरेलु टोलि टोटेनहमले डोमिनिच सोलान्कीको गोलबाट खेलमा अग्रता लिएको थियो । ११ औं मिनेटमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

यता, १७ औं मिनेटमा जाडोन साञ्चोले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याए । त्यसपछि ६१ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–२ को बराबरीमा ल्याए । ७३ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए ।

यता, ८४ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गरे । ९०+६ औं मिनेटमा सन हेउंग मिनले गोल गरेपनि टोटेनहमले खेल ४–३ ले गुमायो ।

योसँगै १५ खेलबाट ३१ अंकसहित चेल्सी अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनहम २० अंकका साथ ११ औं स्थानमा छ ।