काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थप्न अनुमति दिएको हो ।
भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कसुरको अपराधमा अनुसन्धान गरिरहेको छ ।










