८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

अक्सिजन थेरापीले कोरोनाबाट यसरी बचाउन सक्छ

अक्सिजन थेरापीले कोरोनाबाट यसरी बचाउन सक्छ
अ+ अ-

काठमाडौं । मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहँु बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष ९आइसियु० मा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ। यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको छ। अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले अक्सिजन सुविधासहित समुदाय स्तरमा तत्काल आइसोलन सेन्टर अथवा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिने बताए। ‘कोरोना भाइरसका कुल संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने तर्क गर्दै उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियुको चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ।’  

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनमा राति भाइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी  गर्नुपर्ने उल्लेख छ।

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड–१९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ। कोरोनाविरुद्ध प्रभावकारी एन्टिभाइरल थेरापी अथवा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ। रोगको सुरुका चरणमा राति उपलब्ध गराइने अक्सिजन थेरापी धेरै उपयोगी हुने सो शोधपत्रमा उल्लेख छ। चीनका अस्पतालमा अक्सिजन थेरापीको व्यापक प्रयोग भएको थियो।  

उक्त शोधपत्रमा राति भाइरसको आक्रमण बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन घरमै आइसोलेसनमा बसेका फोक्सोका बिरामीलले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ। श्वासप्रश्वासको समस्या भएकालाई यसअघि पनि अक्सिजन थेरापीको प्रयोग हँुदै आएको छ। ‘अवस्था जटिल बन्दैछ, दिनहँु कैयौं मानिसले घरबाट कुन अस्पतालमा उपचार गर्न जाने होला भनेर सोधिरहेका छन्। उनीहरूले अस्पताल भेट्टाएका छैनन,’ डा। पुन भन्छन्, ‘सरोकारवाला सबै मिलेर तत्काल समुदायस्तरमा अक्सिजनको सुविधासहितको अस्थायी संरचना बनाउन सके पनि समस्या धेरै सुुल्झन्छ, मृत्युको सम्भावना न्यून हुन्छ।’  

पाटन अस्पताल कोभिड–१९ का संयोजक डा। विमल पाण्डेले शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल गए बाहिरबाट अक्सिजन दिनुपर्ने बताए। ‘सुरुमै अक्सिजन दिइयो भने अवस्था जटिल हुँदैन,’ उनले भने। सोमबार घरमै अक्सिजनको लेभल ६० प्रतिशतमा झरिसकेका एक बिरामी पाटन अस्पतालमा ल्याइएको र अन्तिम अवस्थामा ल्याइएका कारण तिनको मृत्यु भएको उनले जानकारी दिए। ‘अस्थायी आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा पनि अक्सिजन थेरापीको सुविधा उपलब्ध गराउन सके मृत्युको जोखिम कम हुन्थ्यो,’ उनले भने। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम काठमाडांैका आइसोलेसन केन्द्रमा अक्सिजनको उपलब्धता पर्याप्त नभएको स्विकार्छन्। उनले कोरोना बिरामीको उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा थप २५ सय शड्ढया ‘हाइ डेपेन्डेन्सी युनिट’ स्थापना गर्न लागिएको बताए। ‘यी शड्ढयामा जनरल वार्डभन्दा बढी र आइसियुभन्दा कम सुविधा हुनेछ। अक्सिजनको सुविधा हुनेछ,’ उनले भने। यसैबीच सरकारले उपत्यकाका सबै सरकारी अस्पतललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ। नागरिक दैनिकमा समाचार छ