२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकारको १४ सदस्यीय टोली चीन भ्रमणमा, नेपालको फोटो प्रदर्शनी गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एसोसियसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो प्रदर्शनी को लागि चीनको सान्तोङ प्रान्त प्रस्थान गरेको हो ।

चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रदर्शनी गरिने भ्रमण संयोजक सुनिल शर्माले जानकारी दिए ।

भ्रमणले दुई देशबीचका फोटोग्राफर र फोटो पत्रकारबीच मित्रता स्थापना हुनुका साथै एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त अवसरमा चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रको पनि अवलोकन गरिने छ ।