सुर्खेत । कर्णाली प्रदेशका लागि माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतकका लागि सांसदको नाम बुझाएको छ ।
नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएपनि सचेतकमा कर्मराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेका छन् ।










