८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

अन्तर्राष्ट्रिय अदालत गुहार्न परराष्ट्रमन्त्री राणा आज हेग जाने

अन्तर्राष्ट्रिय अदालत गुहार्न परराष्ट्रमन्त्री राणा आज हेग जाने
अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनका कारण परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) गुहार्ने भएको छ । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो । त्यसका लागि परराष्ट्रमन्त्री आरजु राणा आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

विकसित तथा धनी देशले कार्वन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आफ्नो दाबी राख्न परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपालको प्रतिनिधि मण्डल आज नेदरल्याण्ड्सको हेग जान लागेको हो ।

आउँदो मंसिर २४ गते मन्त्री राणाले कार्वन उत्सर्जनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिका बारेमा दाबी प्रस्तुत गर्नुहुने छ ।

संयुक्त राष्ट्रसंघको स्थायी अदातलका रूपमा समेत रहेको अन्तर्राष्ट्रिय अदालतले राज्यहरूबीचको कानुनी विवाद समाधान गर्ने र राष्ट्रसंघको अनुरोधमा कानुनी सुझावहरू प्रदान गर्ने गर्दछ ।

गत डिसेम्बर २ देखि हेगमा दोस्रो अर्थात् रायमा आधारित सुनुवाइ चलिरहेको छ।

डिसेम्बर १२ सम्म चल्ने सुनुवाइमा नेपालका तर्फबाट डिसेम्बर ९ मा परराष्ट्रमन्त्री राणाले आफ्ना धारणा मौखिक र लिखित दुबै रूपमा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्र संघको वडापत्रको धारा ९६ मा राष्ट्रसंघलाई अदालतबाट राय लिन सक्ने अधिकार दिइएको छ।

महासभाले सन् २०२३ मार्च २९ मा पारित गरेको प्रस्तावअनुसार अहिले सुनुवाइ भइरहेको हो ।

उक्त प्रस्तावको नेपाल पनि एक सदस्य राष्ट्र हो ।

उक्त प्रस्तावमा जलवायु परिवर्तनको सम्बन्धमा राज्यहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतसँग सल्लाहकार राय माग्ने निर्णय भएको थियो ।

उक्त सुनुवाइमा १५ जना न्यायाधीशहरूले धनी मुलुकले कार्वन उत्सर्जन गर्दा त्यसको असर भोगिरहेका देशका प्रतिनिधिहरूको राय र उनीहरूको दाबीको सुनुवाइ गर्नेछन् ।

अन्तर्राष्ट्रिय अदालतमा हुन लागेको यस्तो सुनुवाइमा नेपालको तर्फबाट पहिलोपटक सहभागिता हुन लागेको हो ।

यस सुनुवाइमा करिब १०० देश र संस्थाहरूले जलवायु परिवर्तनका कारण परेको असर र पाउनुपर्ने क्षतिपूर्तिको दाबी गर्दैछन् ।