२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमाई नगरपालिकाका तत्कालिन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरेर रकम निकासा गरेको भन्दै आयोगले बिहीबार ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालिन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्राली मैतीदेवी काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतम बिरुद्ध छुट्टाछुट्टै ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी जरिवाना तथा कैद सजायको माग सहित मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

उनीहरुले नगरपालिकाको आर्थिक वर्ष २०७८र०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गराएको पाईएको छ । यसबाट ४ लाख ६० हजार ८१० रुपैयाँ नेपाल सरकार र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/12/Press-Release-२०८०-०८-२०-गोपाल-प्रसाद-बगालेसमेत.pdf” title=”Press-Release-२०८०-०८-२० गोपाल प्रसाद बगालेसमेत”]