२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगतको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ ।

सुदूरपश्चिमले जितको लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ९४ रन बनाएर अलआउट भयो । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमाडौँको दोस्रो हार हो ।

काठमाडौँका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौँलाई स्तब्ध बनाउन सुदूरपश्चिमका नरेन साउदले एक्लैले ५ विकेट लिए । नरेनले ३.५ ओभर बलिङ गर्दा १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि ब्रान्डम म्याकलमले अर्धशतकिय पारी खेलेका थिए । उनले ३६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सेफ जेबले ११ रन बनाए ।

बलिङतर्फ काठमाडौं गुर्खाजका रशिद खानले २ विकेट लिग्दा शहब अलाम, करण केसि र गेराल्ड ईरासमसले एक एक विकेट लिएका थिए ।




भर्खरै