४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई सभापति रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै छ ।

चितवनको साहारा सहकारी ठगीमा संलग्न रहेको आरोपमा बयान लिइएको थियो । दुई दिनसम्म भएको बयान सकिएपछि उनलाई अब पर्सामा भएको अर्को सहकारी ठगीको अनुसन्धानका लागि वीरगन्ज लैजान लागिएको हो ।

र्सा प्रहरीले रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति लिइसकेको छ ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि विभिन्न जिल्लामा लगिँदै छ । पछिल्लो समय काठमाडौंपछि उनलाई चितवन लगिएको छ । अहिले उनी चितवनमै छन् ।

चितवनमा बयान सकिइसकेकाले अब पोखरा पठाउने वा वीरगन्ज भन्ने टुंगो भने लागिसकेको छैन । पर्सा प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिइसकेकाले अब रविलाई वीरगन्ज पठाइदिन कास्की प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ ।

वीरगन्ज महानगर– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको थियो । उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानवीन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको थियो ।