२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला



अ+ अ-

काठमाडौँ ।काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।” शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।