८ श्रावण २०८३, शुक्रबार
,
Latest
दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था



अ+ अ-

ठूलीभेरी, (डोल्पा) । यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक  भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशत भन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशत भन्दा बढी पाएको लगायतका सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताउनुभयो । बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत  डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ । रासस