२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने उद्योगहरुबाट रकम उठाउन अन्य निकायको साथ खोजेको छ ।

प्राधिकरणले महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । यसै गरी प्राधिकरणले कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र पठाएको छ ।

पत्रमा उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुलका लागि सहयोग गरिदिन प्राधिरकणले आग्रह गरेको छ ।

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरु रकम उठाउन नया पहलकदमी लिनु भएको हो ।

३४ वटा उद्योग डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी पनि महसुल तिरेका छैनन । विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेसँगै कुलमानले वैकल्पिक उपाय अपनाएका हुन् ।