२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको उद्घाटन खेलको टिकट ३ दिन बाँकी छँदै ‘सोल्ड आउट’



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भएको छ ।

आउँदो शनिबारदेखि सुरु हुन गइरहेको एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको छ ।

एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् । उद्घाटन खेल शनिबार १२ः१५ बजे सुरु हुनेछ ।