५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने

राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने
अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्ने भएको छ ।

चर्को दबाबपछि (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी बोर्ड बैठकका लागि तयार भएसँगै राखेपको ११८औँ बोर्ड बैठक यही मंसिर १४ गते शुक्रबार बस्ने भएको हो ।

सदस्य सचिव टंकलाल घिसिङले शुक्रबारका लागि बैठक आह्वान गरेका छन् । डिगबहादुर लिम्बु परिषद्को अध्यक्ष हुँदा २०८० भदौ २८ गते अन्तिमपटक बसेको बोर्ड बैठक त्यसयता विभिन्न बहानामा बस्न सकेको थिएन ।

सदस्य सचिव घिसिङले पटक–पटक अनुरोध गर्दा पनि बैठक बस्न सकेको थिएन । जसकारण मंसिर २ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तय भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितासमेत हुन सकेन ।

प्रतियोगिता सञ्चालनार्थ बैठक नबसेपछि राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत गत आइतबार असन्तुष्टि व्यक्त गर्दै बोर्ड बैठक बस्न नसक्नु र प्रतियोगिता नै रोकिनुको जवाफ माग गरेका थिए । उनको चर्को दबाबपछि अन्ततः बोर्ड बैठक बस्ने भएको हो ।

बैठकका लागि ६ वटा एजेण्डा तय गरिएको छ । जसमा राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेप नियमावली, विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर, खेलाडी आवास र विविध रहेको छ ।