२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख ढुंगानाको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक प्रकट



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुग्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

‘पूर्व सभामुख, वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाको निधनको खबरले म अत्यन्त दुःखी भएको छु । श्री ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुऱ्याउनु भएको विशिष्ट योगदानका लागि हामी उहाँलाई सदा सम्झिरहनेछौँ। म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ ढुंगाना निवासमा पुगेर भण्डारीले दिनुभएको शोक वक्तव्यमा भनिएको छ ।

 

 

पूर्व सभामुख ढुंगानाको गत मंसिर २ गते काठमाडौंमा निधन भएको थियो । ढुंगाना ०४८ सालदेखि ०५१ सालसम्म सभामुख हुनुहुन्थ्यो ।