२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएफपिजे नेपालले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र



अ+ अ-

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसंग भेटवार्ता गरेको छ ।

उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । आइतबार संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलिले सिंहदरबारमा मन्त्री सिंहलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट नियमित र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगको लागि पहल गर्ने बताउनु भयो ।