५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने

बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने
अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिले सक्रियता देखाएको छ ।

फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरुले ज्ञापन पत्र बुझाउँदै सरकारले चासो नदिए फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका थिए । आईतवार सिंहदरबारमा बसेको फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समिति र नगरपालिकाहरुले सक्रियता देखाएका हुन् । फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिले वातावरणीय अध्ययनको सिफारिसको आधारमा प्रभावित क्षेत्र थप गर्दै आवश्यकताका आधारमा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ ।

शहरी विकास मन्त्रालयले फोहोर विसर्जन स्थलको वातावरणीय अध्ययन शुरु गरेको र अध्ययनको सिफारिसको आधारमा अघि बढ्ने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनु भयो । सरकारले फोहोर व्यवस्थापनको लागि भन्दै अहिलेसम्म एक हजार सात सय रोपनि जग्गा अधिग्रहण गरेकोले स्थानीयको मागअनुसार त्यसको सीमाङ्कन गर्ने समेत निर्णय भएको उहाँले बताउनु भयो । प्रभावित क्षेत्र सीमाङ्कन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्नेछ ।

फोहोर विसर्जनका लागि लैजाने क्रममा बाटोमा फोहोर खस्ने र दुर्घटनाको जोखिम बढेको भन्दै शिवपुरी हुँदै वैकल्पिक मार्ग सडक निर्माण गर्ने निर्णय भएको छ । सडक निर्माणका लागि फोहोर व्यवस्थापन गर्ने स्थानीय तह र शहरी विकास मन्त्रालयले स्रोतको प्रबन्ध गर्ने उहाँले बताउनु भयो । काठमाडौं महानगरपालिकाभित्रको फोहोरको वर्गिकरण गरी नकुहिने फोहोरको महानगरको उपयुक्त स्थानमा जग्गा अधिग्रहण गरि कम्पोष्ट मल बनाउने निर्णय समेत समितिले गरेको छ ।

बैठकका निर्णय सुनाउँदै सचिव गेलाल भन्नुभयो, ‘शहरी विकास मन्त्रालयले वातारणीय अध्ययन (इआईइए)को अध्ययन शुरु गरेको छ । सकेसम्म त्यो अध्ययन चाँडो सक्ने र त्यो अध्ययनले सिफारिस गरेअनुसार कति प्रभावित क्षेत्र थप गर्नुपर्ने हो, कति जग्गा अधिग्रहण गर्नुपर्ने हो त्यसको आधारमा गर्ने निर्णय भएको छ । अर्को, हामीले एक हजार सात सय रोपनी जग्गा हामीले अधिग्रहण गरेको भनेका थियौं । त्यहाँका स्थानीयहरुको माग चाहीँ फोहोर विसर्जन सरकारले अधिग्रहण गरेकै स्थानमा परेको छ कि बाहिर परेको छ रु त्यसको सीमाङ्कन गर्न माग गर्नुभएको छ । त्यसका लागि हामीले भूमि व्यवस्था मन्त्रालयसँग समन्वय गरेर सरकारले अधिग्रहण गरेको सरकारको सीमाना कति हो रु त्यसबाट कति स्थानीय प्रभावित छन् भनेर अध्ययन गरेर सिमाङ्कन गर्ने निर्णय गरेका छौं । अर्को, फोहोर व्यवस्थापनको क्रममा बाटोमा दुर्घटना हुने, फोहोर खस्ने भएका कराण वैकल्पिक शिवपुरीको सीमाना भएर छोटो मार्ग बनाउने निर्णय गरेका छौं । त्यसरि फोहोर लगेर जाँदा बस्ती भएर जानुपर्दैन भनेर त्यो सडक निर्माण गर्ने निर्ण गरेका छौं । त्यसका लागि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने सबै महानगरपालिकाहरुले सहयोग गर्ने र शहरी विकास मन्त्रालयले समेत बजेटको प्रवन्ध मिलाउने निर्णय गरेका छौं । कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरेर कुहिने फोहोरको काठमाडौं महानगरपालिकाको उपयुक्त स्थानमा कम्पोष्ट मल बनाउने निर्णय गरेका छौं ।’

तत्कालका लागि फाहोर व्यवस्थापन गर्ने नगरपालिकाहरुको नेतृत्व काठमाडौं महानगरपालिकाले गर्ने र आवश्यकताको आधारमा अन्य पालिकाहरुले समेत सहयोग र सहकार्य गर्नेबार समेत बैठकमा छलफल भएको सचिव गेलालले बताउनु भयो ।