२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा सम्पत्ति राखेको भनेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको विषयमा छानबिन गरी यथार्थता सार्वजनिक गर्न माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत हावा चलेर हो वा अरु कुनै कारणले हो पात चाहिँ हल्लिएकै छ भनेका छन् ।

उनले लेखेका छन्–

‘रानी ऐश्वर्यलाई लक्षित गरी पम्फादेवी ठकुरानीको नाममा स्विस बैंकमा अथाह सम्पत्ति छ भन्दै राजपरिवारलाई बदनाम गर्ने नेपालको वामपन्थी कित्ताका प्रमुख घटकहरु पटकपटक सरकारमा जाँदै विभिन्न काण्डमा मुछिँदै र विवादित हुँदै आइरहेका छन् । विदेशी बैंकमा अकुत पैसा राखिएको र विभिन्न विदेशी कम्पनीको साझेदार रहेको आरोप तिनमाथि लाग्ने गरेको छ । राजा, रानी वा राजपरिवारका नाममा कुनै सम्पत्ति विदेशमा थिएन, भएको भए ३५/३६ वर्ष यिनै सरकारमा छन्, यिनले खोजी गरिसक्थे ।

यो आरोप अहिले यिनीहरुमाथि लाग्न थालेको छ र आशंका गर्ने प्रशस्तै ठाऊँ छन् ।

हावा चलेर हो वा अरु कुनै कारणले हो पात चककाहि हल्लिएकै छ !

जवाफदेही सरकार, जवाफदेही दल र जवाफदेही नेताले– हो भने यथार्थ बाहिर ल्याईदिनुपर्छ, होइन भने भ्रम निवारण गरिदिनुपर्छ । तर जनतालाई जवाफ चाहिन्छ ।

प्वाल परेको हवाई चप्पलबाट शुरु भएको जीवन करोडौंको गाडीबाट ओर्लेर आलिशान महलमा सुनको थालमा सुनको चम्चाले खाना खाने हैसियतमा आइपुग्दा दालमे कुछ काला त अवश्य है !