२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति



अ+ अ-

काठमाडौं । नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति गम्भिर आपत्ति जनाएको छ।

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरोगरी असर पार्ने खालको रहेको टिप्पणी गर्नुभएको छ ।

विज्ञप्तिमा भारतीय अखबार ‘दी हिन्दू‘लाई दिएको अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित र नेपालको स्वतन्त्रताप्रति पूर्णरुपमा अनादर भएको आरोप लगाइएको छ।

एमालेले प्रधानमन्त्रीको चीन भ्रमणमा जाने निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्बन भएको समेत स्मरण गराएको छ ।